राजनीति
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
आइतबार साँझ आएको मत परिणाम अनुसार ओझा ९६२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १९:५१
प्रतिक्रिया दिनुहोस्