site stats
खेल
अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो

काठमाडौं । मिचेल स्टार्कले पाँच विकेट लिनुका साथै मिचेल मार्श र ट्रभिस हेडले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार भारतविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेटको विजय हासिल गरेको छ । 

स्टार्कले पाँच विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले २६ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो । मार्श र हेडले अर्धशतक बनाएपछि ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा विना विकेट क्षति पूरा गरेको हो । 

S.A.U
Agani Group

जितसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो । त्यसअघि चार खेलको टेस्ट शृङ्खलामा भारत २–१ ले विजयी भएको थियो । 

११८ रनको लक्ष्य पूरा गर्नेक्रममा अस्ट्रेलियाका मार्शले अविजित ६६ रन बनाए भने हेडले ५१ रन जोडे । मार्शले ३६ बलमा ६ छक्का र ६ चौकासहित अविजित ६६ रन बनाए । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाएका हुन् । 

Global bank

“आजको खेल रमाइलो भयो । सानो योगफल भएका कारण राम्रो सुरुवात गर्नु महत्त्वपूर्ण थियो । त्यसमा हामी सफल भयौँ,” अस्ट्रेलियाका ओपनर मिचेल मार्शले भने । 

त्यसअघि स्टार्कले आठ ओभरमा एक मेडनसहित ५३ रन दिएर पाँच विकेट लिएपछि भारतका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । भारतका लागि विराट कोहलीले सबैभन्दा धेरै ३१, अक्सर पटेलले अविजित २९, रविन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १३ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अस्ट्रेलियाका स्टार्कबाहेक सेन एबोटले तीन र नाथन इलिसले दुई विकेट लिए । 

अस्ट्रेलिया र भारतबीचको तेस्रो तथा अन्तिम खेल चेन्नईमा बुधबार हुनेछ । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय