site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै सांसदबाट विश्वासको मत पाउने प्रधानमन्त्रीको विश्वास
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै सांसदको विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“पहिले मलाई ९९.२५ प्रतिशतले विश्वासको मत दिनुभएको थियो,” प्रधानमन्त्रीले भने, “भोलि शतप्रतिशतले दिनुहुन्छ भन्ने आशा गरेको छु ।”

गत पुस १० मा नेकपा (एमाले) सहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ मा प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र विश्वासको मत दिएका थिएनन् । त्यसबेला २६८ जना सांसदको विश्वासको मत पाएका प्रधानमन्त्री राष्ट्रपतिको उमेदवारी दर्ताका दिन गठबन्धन बदलेर नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न पुगेका थिए । 

त्यसबेला कांग्रेससहितले विश्वासको मत दिएका कारण ९५ प्रतिशतभन्दा बढी मत पाए पनि अहिले भने एमाले र राप्रपा समर्थन नै फिर्ता लिएर बाहिरिएकाले उनले त्यति मत पाउने अवस्था देखिँदैन ।

अहिलेको १० दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीसहित स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले विश्वासको मत दिँदा करिब १७३ मत पाउने अवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro