
काठमाडौं । हाइलाइफले यसको चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूका लागि बाइक, स्कुटर, ल्यापटदेखि विभिन्न किसिमका उपहारहरू ल्याएको छ । हाइलाइफ ब्रान्डका विभिन्न परिणामका चिउरा खरिद गर्दा यीसहित हात खाली नजाने गरी विभिन्न किसिमका उपहार लक्की ‘ड्र’मार्फत वितरण गर्ने कम्पनीले जनाएको छ ।
हाइलाइफका चिउरा बिक्री गर्दा प्रथम उपहारस्वरूप दुईजनाले १५० सीसी क्षमता भएका पल्सर बाइक जित्न सक्नेछन् ।
दोस्रो उपहारस्वरूप दुईजनाले होन्डा स्कुटर जित्न सक्नेछन् । तेस्रो उपहारस्वरूप दुईजनाले एक टन क्षमता भएको एलजीको एसी जित्न सक्नेछन् ।
चौथो पुरस्कारस्वरूप दुईजनाले २५३ लिटरको सामसङ ब्रान्डको फ्रिज र पाँचौँ उपहारस्वरूप तीनजनाले लेनेभो ब्रान्डको ल्यापटप प्राप्त गर्नेछन् ।
यस्तै, सान्त्वना उपहारस्वरूप १० जनाले अरू थुप्रै हाइलाइफको सामानहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत हाइलाइफ कुरुमकुरुम चिउराको प्रत्येक एक केजीको कार्टुनको खरिदमा तीन लक्की ‘ड्र’ कुपन पाउनेछन् । ७०० ग्रामको कार्टुन खरिदमा दुई लक्की ‘ड्र’ कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ‘ड्र’ कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ कुपनबराबर ग्राहकले नगद ५०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यो योजना गएको फागुन १५ गतेदेखि आउँदो असार १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाइलाइफको आधिकारिक भाइबर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ ।
लक्की ‘ड्र’को नतिजा आउँदो साउन २० गते हाइलाइफ फुड्सको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
हाइलाइफ ब्रान्डअन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापडलगायत विभिन्न प्रोडक्ट उपभोक्तामाझ लोकप्रिय छन् ।
हाइलाइफ चिजबल्स तथा विभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाँडै बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।