site stats
राजनीति
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् । 

शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले संसद्मा पेस भइसकेपछि संसद्मा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । 

S.A.U
Agani Group

विधेयकलाई टुंगोमा पुर्‍याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसद्बाट हतारका साथ पारित गरेर जान नहुने बताए । 

प्रमुख सचेतक गिरीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । सो विषयमा आइतबार साढे १० बजे कांग्रेसले बैठक बसेर यसबारेमा आफ्नो धारणा राख्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको उनको भनाइ छ । 

Global bank

प्रमुख सचेतक गिरीले प्रतिनिधिसभा नियमावली अहिलेसम्म संसद्मा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । संसदीय गतिविधिलाई मध्यनजर गरी आइतबारको संसद् बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको उनले बताए । 

प्रमुख सचेतक गिरीले प्रतिनिधिसभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडोभन्दा चाँडो अघि बढाउनुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्