site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाले विद्यार्थीका लागि बिनाब्याज ऋण दिने
Tiktok banner adTiktok banner ad

कोलम्बो । श्रीलंकाले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ ।

श्रीलंकाको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताए ।

विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् । उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलंकामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro