site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
जुम्लामा वर्ल्डलिंकको फाइबरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले जुम्लामा फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । 

यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंक पहिलो कम्पनी बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।

काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए । जुम्लामा फाइबर इन्टरनेट सुरुआत व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए ।

"जुम्लामा वायरलेस इन्टरनेट थियो,अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्‍याइनेछ," अध्यक्ष अग्रवालले भने, "यसको लाभ कर्णालीबासीलाई हुनेछ । हामी नाफा कमाउनु भन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्थ्यौं, सफल भयौं ।"

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले झण्डै पाँच वर्षको मेहनतबाट वर्ल्डलिंकले यो सफलता पाएको बताए । उनकाअनुसार कम्पनीले जुम्ला सदरमुकाममा उच्च गतिको फाइबर इन्टरनेट चलाउनका लागि १५ करोड रुपैयाँ भन्दा धेरै लगानी गरेको बताए । 

Global Ime bank

इन्टरनेट सेवा विस्तारमा सरकार भन्दा अघि आफूहरू जुम्लान आउन सकेको भन्दै नेपालले अब कर्णाली प्रदेशलाई पनि आफूहरुले फाइबर नेटले जोड्ने बताए । ‘अहिले एउटा सञ्जालबाट जोडिएको फाइबर नेट छिट्टै दोहोरो सञ्जालबाट जोडेर सेवा गुणस्तर थप विश्वसनीय बनाउने छौं,’ उनले भने ।

वर्ल्डलिंकको  लगानी हिस्सेदार बेलायती सीडीसी ग्रुपका अध्यक्ष श्री नार्गाजुनाले नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तारले आफूहरू हर्षित भएको बताए । सिंगो नेपाललाई गुणस्तरीय इन्टरनेटसंग जोड्न आफूहरू संधै वर्ल्डलिंकको साथमा रहेको उनले बताए ।

"मलाई निकै हर्ष महसुस भएको छ, हामीले जुम्लामा गुणस्तरीय सेवा विस्तार गर्न सफल भयौं," श्री नार्गाजुनाले भने , "यस्तै कार्यका लागि हामी थप लगानी विस्तारमा सदैव तल्लिन छौं । हाम्रो साथले वर्ल्डलिंकलाई थप बलियो बनाउन मद्धत गर्नेछ ।"

वर्ल्डलिंक जुम्ला शाखाकाअनुसार निकै ठूलो मेहनतपछि गत असारमा पहिलो पटक त्यहाँ पहिलो पटक एफटीटीएच फाइबर इन्टरनेट सेवा परिक्षण गरिएको थियो । जुम्ला बजारमा मात्रै ५०० घरधुरीले योे इन्टरनेट सेवा लिइरहेका छन् । जुम्लामा अन्य इन्टरनेट सेवा प्रदायकको फाइबरनेट सेवा पुर्‍याउन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu