site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुण्डागर्दीका सन्दिग्ध दुई हजारलाई एकैपटक जेल
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

सान साल्भाडोर । एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी वाचा गरेका छन् । उक्त कारागारमा पहिलेदेखि नै दुई हजार बन्दीलाई राखिएको छ । 

राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दशौँ हजारलाई पक्राउ गरेको छ । उनीहरूमाथि कठोर कारबाही हुने बताइएको छ । बितेका ३५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन् ।

मानवअधिकार समूहहरूले भने पक्राउ परेका कैयौँ दुव्र्यवहारको शिकार भएका तथा निर्दोष मानिस पनि प्रहरी कारबाहीमा परेका बताएका छन् ।

सरकारले सामाजिक सञ्जालमा सार्वजनकि गरेको भिडियोमा हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन बाध्य पारिएको देखाइएको छ । उनीहरूले सेतो सटमात्र लगाएका छन् । त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ ।

सरकारका न्याय एवं शान्तिमन्त्री गुस्ताभो भिल्लाटोरोले गुण्डागर्दी गर्ने गिरोहका सदस्य अब कहिल्यै सडकमा नफर्कने वाचा गरेका छन् । तर, गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन् । हालसम्म करिब तीन हजार ५०० जनामात्र रिहा भएका छन् ।

गत मार्च २७ मा देशभर एकै दिन ६२ जना मारिएपछि राष्ट्रपति बुकेलेले गुण्डागर्दीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सडक गिरोहहरूले लामो समयदेखि एल साल्भाडोरका बासिन्दालाई मार्दै रकम लुट्दै आएका छन् । गुण्डागर्दीविरुद्ध अभियान थालिएपछिका २०० दिनमा कुनै पनि नागरिक गिरोहको आक्रमणबाट मर्नुपरेको छैन ।

प्रहरीले जोसुकैलाई कारण नबताइ पक्राउ गर्न सक्छन् भने पक्राउ परेकालाई वकिल राख्ने अधिकार पनि छैन । उनीहरूलाई न्यायाधीशसमक्ष पेस नगरी १५ दिनसम्म हिरासतमा राख्न सकिने अधिकार प्रहरीमा निहित छ । 

स्थानीय अधिकार समूह क्रिस्टोसलले बितेका ११ महिनामा मानवअधिकार हननका तीन हजार ३४४ घटना भएका अभिलेखीकरण गरेको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro