प्रविधि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ । सोही कारण उनको ट्विटर ‘अकाउन्ट ह्याक’ भएको अनुमान गरिएको छ ।
बिहीबार बिहान ८ बजेसम्म तीन असान्दर्भिक पोस्ट रिट्विट गरिएको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्विटर ह्यान्डल @PM_nepal_ हो ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको जानकारी दिए । “समस्या देखिएको छ । के भएको हो, प्राविधिक टोलीले हेरिरहेको छ,” उनले बाह्रखरीसित भने ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ०८:०८
प्रतिक्रिया दिनुहोस्