site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामसङले ल्यायो एम सिरिजको नयाँ स्मार्ट फोन, ८ जिबिसम्म र्‍याम बढाउन सकिने

काठमाडौं। सामसङले ग्यालेक्सी एम सिरिज अन्तर्गत दुई भेरियन्टमा नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ। आठ जीबीसम्म र्‍याम बढाउन सकिने र्याम प्लस फिचरसहित सामसङ्गले ग्यालेक्सी एम०४ फोन बजारमा ल्याएको हो ।

र्याम मात्रै नभएर ग्यालेक्सी एम०४ स्मार्ट फोनमा एक टेराबाइटसम्म स्टोरेजसमेत बढाउन सकिने फिचर रहेको छ। पर्फमेन्सका लागि आवश्यक र्याम र स्टोरेज दुवै थप्न मिल्ने यो फोनमा २.३ गिगाहर्ज क्षमताको मिडिया टेक हेलियो पी३५ प्रोसेसर रहेको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो फोनमा प्रयोगकर्ताहरुले उच्च पर्फमेन्स, सहज मल्टिटास्किङ, छरितो एप नेभिगेसन पाउने र गेमिङमा अथवा गेम खेल्दा अड्किने समस्याबाट मुक्त हुने कम्पनीको विश्वास छ।

चार्जरसहित आउने ग्यालेक्सी एम०४ मा ६.५ इञ्चको डिस्प्ले रहेको छ । यो फोनमा पाँच हजार एमएएचको टिकाउ ब्याट्री रहेको छ । यो फोनमा ५० प्रतिशत भन्दा कम चार्ज रहेका बेला आवश्यकताअनुसार स्वचालित रुपमा पावर सेभिङ मोडमा जाने फिचर समेत रहेको छ। यसले फोनको चार्ज लामो समयसम्म टिक्न मद्दत गर्छ ।

एआईबाट व्यवस्थित यो ग्यालेक्सी एम०४ फोनमा तीन दिनसम्म कुनै एप प्रयोग नभए स्लीप मोडमा जाने र एक महिनासम्म प्रयोग नभएमा डीप स्लीप मोडमा जाने फिचरसमेत रहेको छ। यस्तै फोनमा चार वर्षसम्मका लागि सेक्युरेटी अपडेट र दुई पटकसम्म अपरेटिङ सिस्टम अपग्रेडसहितको सुविधा रहेको छ।

दुई भेरियन्टमा रहेको ग्यालेक्सी एम०४ को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज क्षमताको मूल्य १५,९९९ रहेको छ भने, ४ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमताको मूल्य १७,९९९ रहेको छ। ग्रीन र ब्लू दुई रङमा उपलब्ध ग्यालेक्सी एम०४ दराज एप र वेबसाइटबाट छुटसहित खरिद गर्न सकिन्छ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्