साहित्य
रञ्जनाको ‘द रिदम अफ पेन’ सार्वजनिक


काठमाडौं । साहित्यकार रञ्जना निरौलाको अंग्रेजी भाषाको कविताकृति ‘द रिदम अफ पेन’ सार्वजनिक भएको छ । भारतको भुवनेश्वरमा सम्पन्न कलिङ साहित्य महोत्सवमा सो कृति सार्वजनिक गरिएको हो ।
कलिङ साहित्य महोत्सवका निर्देशक रश्मी रञ्जन पारिदा, हिमांशुु शेखर, गीतिका कोहली, कस्तुरिका तथा नेपालका साहित्यकारहरू तुलसी दिवस, दिनेश अधिकारी र कवि निरौला स्वयम्ले कृति सार्वजनिक गरेका थिए । उक्त कृति वितास्ता पब्लिकेसन दिल्लीले प्रकाशित गरेको हो ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ ११:२७
प्रतिक्रिया दिनुहोस्