साहित्य

काठमाडौं । साहित्य कला संगम दमकले सात स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । संगमले ‘भवानी मिश्र पुरस्कार’बाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्वाङ र युद्धवीर राणालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
संस्थाले ‘साहित्य कलाश्री पुरस्कार’ निबन्धकार युवराज नयाँघरे र ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार’ गायक सीताराम ताजपुरियालाई प्रदान गर्ने घोषणा गरेको छ । यी सबै पुरस्कारसाथ ३५ हजार रुपैयाँ प्रदान गरिने संगमले जनाएको छ ।
यी पुरस्कारहरू यही चैत २५ गते दमकमा आयोजित कार्यक्रममा प्रदान गरिने संगमका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १०:३४
प्रतिक्रिया दिनुहोस्