कला
‘प्रेमा’को ट्रेलरमा विश्वास र धोका

काठमाडौं । चैत १७ गते रिलिज हुने चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा चलचित्रका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई देखिन्छ ।
ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई प्रस्तुत गरेको छ ।
चलचित्रमा अरुण, शुभेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबोलगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १६:३९
प्रतिक्रिया दिनुहोस्