site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पैसा नभएपछि ब्याज अनुदान पनि दिन सकेन सरकारले, बैंकहरुले ७ अर्ब लिन बाँकी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारसँग पैसा नभएपछि ब्याज अनुदानको निकासमा ढिलाइ भएको छ । 

अघिल्ला वर्षहरुमा त्रैमासिक रुपमा निकासा हुने पैसा अहिले फागुनको दोस्रो साता हुँदा समेत बैंकहरुले पहिलो त्रैमासकोसमेत पैसा पाउन नसकेका हुन् । 

बैंकरका अनुसार सरकारबाट ७ अर्ब रुपैयाँ ६ महिनामा सहुलियतपूर्ण कर्जामा दिएको ब्याज अनुदान लिन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले कृषि तथा महिला उद्यमशिलता प्रवर्द्धन गर्नको लागि ब्याज अनुदान दिने कार्यक्रम ल्याएको थियो । 

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म १ लाख ४८ हजार ३४२ जना ऋणीले सहुलियतपूर्ण कर्जा पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई खर्ब १० अर्ब ४५ करोड रूपैयाँ कर्जा गएको छ । 

Global Ime bank

यसरी सहुलियत कर्जा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ५६ ऋणीलाई प्रवाह भएको छ । एक खर्ब ४१ अर्ब २१ करोड कर्जा बक्यौता रहेको छ । 

त्यस्तै महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ४ सय १३ महिला उद्यमीलाई प्रवाह भएको रु. ६५ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ७३ ऋणीको रु. ३ अर्ब ३९ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । 

सरकारले १० वटा शिर्षकमा ब्याज अनुदान दिने गर्छ । 

निकै प्रचार गरिएको शैक्षिक प्रमाणपत्र राखेर दिएको ऋण भने खासै गएको छैन । १६९ जनाले ४ करोड ८० लाख रूपैयाँ ऋण लगेको देखिएको छ । 

सहुलियतपूर्ण कर्जा रकम भने असार मसान्तको तुलनामा घटेको देखिएको छ ।  असार मसान्तमा दुई खर्ब १३ अर्ब ऋण गएकोमा अहिले दुई खर्ब १० अर्ब ऋण रहेको छ । 

महिला उद्यमशिलता कर्जा घटेको कारण यसमा जाने ऋण घटेको हो । अर्थ मन्त्रालयका अधिकारीहरु पैसा नभएको कारण रकम निकासामा ढिलाइ भएको बताउँछन् । 

अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख झक्कप्रसाद आचार्य पहिलो त्रैमासको ३ अर्ब रुपैयाँ ब्याज अनुदानको लागि निकासा भएको बताउँछन् । 

“७ अर्ब रुपैयाँ दिनुपर्ने देखिएको थियो, जसमा ३ अर्ब निकासा भयो,” आचार्यले भने, “दोस्रो त्रैमासको ४ अर्ब रुपैयाँ भने बाँकी रहेको छ ।”

अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पैसा निकासा गर्ने र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जाको ब्याज अनुदान दिने व्यवस्था छ । 

सरकारले महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत तथा अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने गर्छ । 

सहुलियतपूर्ण कर्जामा भने राष्ट्र बैंकले प्रिमियमदर निर्धारण गरेको छ । बैंकहरुले आधार दरमा २ प्रतिशतमात्र प्रिमियदर दर तोक्न पाउने व्यवस्था छ । 

सरकारले ब्याज अनुदानको लागि वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गर्छ ।  ठूला व्यापारीक घरानाले ब्याज अनुदान लिने गरेको सार्वजनिक भएको छ । 

पछिल्लो समय कृषिको काम गर्ने भन्दै कृषि फर्म दर्ता गरेका ठूला भनिने व्यापारिक घरानाले सरकारले दिएको कृषि अनुदान प्रयोग गरेका थिए । 

खोज पत्रकारिता केन्द्रले गतवर्ष सावर्जनिक गरेको एक रिपोर्टले नाम चलेका व्यापारिक घरानाले लिएको देखिएको छ । 

राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरु ब्याज अनुदानको कार्यक्रमको रिभ्यु हुनुपर्नेमा एकमत भए पनि त्यो भने हुन सकेको छैन । 

“ब्याज अनुदान कार्यक्रमको सदुपयोग भएको छैन,” राष्ट्र बैंकका एक अधिकारीले भने, “दुई खर्बभन्दा बढी रकम ऋण गएको र सरकारले वार्षिक १५ अर्ब खर्च गरे पनि यसबाट प्रतिफल आएको छैन ।”

यसमा अर्थमन्त्रालयका अधिकारीहरुसमेत कन्भिन्स छन् । 

अर्थका एक अधिकारीले ब्याज अनुदान लक्षित वर्गमा नपुगेको र यो एक किसिमको पैसा बाँड्ने कार्यक्रम भएको बताउँछन् । 

“सरकार वित्तीय स्थिति निकै समस्यामा छ,” अर्थ मन्त्रालयका एक अधिकारीले भने, “उत्पादनमुलक क्षेत्रमा काम गर्न भनेर आएको कार्यक्रम नै अनुत्पादक भइसकेको छ । यसलाई रिभ्यु नगरेर वार्षिक रुपमा ठूलो रकम खर्च हुने देखिएको छ ।”

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन २० सम्मको तथ्यांकअनुसार राजस्व पाँच खर्ब ५० अर्ब उठेको छ । 

चालु खर्च ५ खर्ब ८३ अर्ब छ । गतवर्ष फागुन २० सम्म ६ खर्ब ५१ अर्ब राजस्व उठेको थियो ।  गतवर्षको तुलनामा एक खर्बले राजस्व कम उठेको छ । 

यो वर्ष ५५ वर्षपछि राजस्व गतवर्षको तुलनामा कम उठ्ने देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC