site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हतारमा राष्ट्रपतिद्वारा लोकार्पण गराएकै बेलामै स्थानीयले काष्ठमण्डप पुनर्निर्माणमा गम्भीर त्रुटि र भ्रष्टाचार भएको सन्देह प्रकट गरेका थिए । नेपालको गौरव मानिने सम्पदा काष्ठमण्डपको पुनर्निर्माणमा गम्भीर हेलचेक्य्राइँ गरिएको आशङ्का पुष्टि भएको छ ।


विसं २०७२ साल वैशाख १२ को भूकम्पबाट काष्ठमण्डप ९मरु सतः० पनि भत्केको थियो । काठमाडौंका पुराना बासिन्दाको जनजीवनसँग जोडिएको मरु सतः पुनर्निर्माणका लागि सरोकारवालाको संस्था काष्ठमण्डप पुनर्निर्माण अभियानसँग भएको सम्झौता रद्द गरी काठमाडौं महानगरपालिकाले आफैँ पुनर्निमाण गरेको थियो ।  


काष्ठमण्डपजस्तो विश्वस्तरीय पुरातात्विक सम्पदाको पुनर्निर्माण ठेक्कापट्टामा गराउन नहुने भन्दै स्थानीय सरोकारवालाले अभियान चलाएका थिए । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तत्कालीन नेतृत्वको अग्रसरतामा स्थानीयहरूको काष्ठमण्डप पुनर्निर्माण अभियान अभियानलाई पुनर्निर्माणको जिम्मा दिइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia


काठमाडौं महानगरपालिकाले गराएको पुनर्निर्माणमा हेलचेक्य्राइँ भएको सन्देह पटकपटक स्थानीयले व्यक्त गरेका थिए । परन्तु, पुरातत्व विभाग तथा महानगरपालिकाको तत्कालीन नेतृत्वले जनगुनासोलाई बेवास्ता गरे । फलस्वरूप, काम सम्पन्न भएको दाबी गरेर लोकार्पण गरिएको काष्ठमण्डपमा ताल्चा ठोकेर राख्नु पषरेको छ ।


सम्भवतः काठैकाठले बनेको सत्तलमा राम्ररी नसुकाइएको ९सिजनिङ नगरिएको० काठ प्रयोग गरिएकाले अहिलेको अवस्था उत्पन्न भएको हुनसक्छ । सिजनिङ नगरिएको काठमा ठोकिएका ठेडी र बनाइएका जोडहरू पछि खुकुलो हुँदै गएपछि  सिंगो संरचना नै भत्किने जोखिम उत्पन्न हुन्छ । 

Global Ime bank


काठबाट बनेको त्यस सम्पदामा सिजनिङ नगरिएको काठ प्रयोग गरेको हो भने त्यो अमूल्य सम्पदाविरुद्ध गरिएको अक्षम्य अपराधका साथै भ्रष्टाचार पनि हो । साथै यसलाई प्राचीन नेपाल मण्डल र नेवाः सभ्यताविरुद्धको षड्यन्त्रका रूपमा पनि लिइनेछ ।


भुइँचालोपछि बेलायतका विश्वविद्यालयहरूले गरेको उत्खनन तथा अध्ययनमा काष्ठमण्डपको पटकपटक पुनर्निर्माण गरिए पनि यसरी भत्किएको भने देखिएको थिएन । यसैगरी पछिल्लोपटक मर्मत गर्दा भएको त्रुटिका कारण करिब चौध सय वर्षसम्म नभत्किएको संरचना २०७२ मा भत्केको अनुमान गरिएको थियो । 


अर्थात्, अहिलेको घटनालाई ढाकछोप गरियो भने मरु सतः कुनै पनि क्षण भत्केर भयावह क्षति हुनसक्छ । दलिनहरू हल्लिन थालेपछि किला ठोकेर टालटुल गर्नुसमेत सम्पदाविरुद्ध गरिएको गैरकानुनी अपराध हो । यसैले, काष्ठमण्डपको  पुनर्निर्माणमा भएको त्रुटि र बदमासीको छानबिन गर्न विशेषज्ञ तथा स्थानीय भएको उच्चस्तरीय टोली गठन गरियोस् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC