site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
दूरसञ्चार क्षेत्रको विकृति हटाउनु पर्नेमा मन्त्री शर्माको जोड
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

नीतिगत, कानुनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । उनले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरूलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री शर्माले ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरूको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न ढिलो गर्न नहुने बताइन् । 

मन्त्री शर्माले साइबर सुरक्षा, गोपनीयता र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानुनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिइन् । दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी दूरसञ्चार सेवालाई सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा विस्तार गरी सेवा सर्वसुलभ बनाउनु पर्ने उनको धारणा छ । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्