site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय समीकरणले लुम्बिनीमा गिरीको सरकार संकटमा
फाइल तस्बिर।

बुटवल । देश संघीयतामा गए पनि राजनीतिमा भने केन्द्रीय नेतृत्व नै हावी हुने गरेको छ । राष्ट्रपति निर्वाचनको लागि केन्द्रमा गठबन्धन परिवर्तन भएर बनेको नयाँ समीकरणले लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ ।

नेकपा (एमाले)को नेतृत्वमा रहेको प्रदेश सरकार संकटमा पर्ने देखिएको हो । पुरानो गठबन्धन ब्यूँतिएपछि सरकार बनेको ४६ दिनमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी संकटमा परेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Dabur Nepal
NIC Asia

संघीय सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि सत्ता साझेदार माओवादीले एमाले नेतृत्वको सरकारलाई समर्थन दिइरहने सम्भावना कम छ ।

राजनीतिक परिदृष्य असहज रूपमा अगाडि बढेकोले अब लुम्बिनीमा कांग्रेससहितको सरकार बन्ने बताउँछन् माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल । उनले एमाले र माओवादी मिलेर सरकार नचलाउने बताउँदै अब कांग्रेससहितको सरकार बन्ने उल्लेख गरे ।

राप्रपा संसदीय दलका नेता आशीष चौधरीले पार्टीको नीतिअनुसार सरकारबाट बाहिरिने तयारी गरेको बताए । राप्रपा सरकारबाट बाहिरिने हुँदा राप्रपाबाट मन्त्री बनेका जानकीप्रसाद यादव मन्त्री पदबाट बाहिरिने तयारीमा छन् ।

प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले विकसित घटनाक्रमबाट छलफल नगरिएको बताए । उनले नयाँ आउने घटनाक्रमलाई सामना गर्दै अगाडि बढ्ने बताए ।

लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३, स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro