
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । फागुन १९ मा रिलिज हुने ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको हो ।
६ वटा हिप–हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरूको मनोभाव र परिस्थितिबारे जानकारी दिन्छन् । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाक सुन्न सकिन्छ ।
एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् ।
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रलाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् ।
अनमोल केसीसँगै चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी÷लोकेश बज्राचार्यको सम्पादन छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।