site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीमा भागबन्डा मिलाउन फेरि मन्त्री थपिँदै, भोलि नै शपथको तयारी !

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सरकार विस्तार गरेको दुई हप्ता नपुग्दै फेरि मन्त्री थप्ने तयारी गरेका छन् । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)सँग भागबन्डा नमिलेपछि मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म पनि सरकार विस्तार गर्न नसकेका गिरीले भागबन्डा मिलाउन थप एक मन्त्री थप्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका जसपाका सांसद भण्डारीलाल अहिर यादवलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाउने तयारी गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका तुल्सीराम शर्मालाई अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी फेरबदल गरिएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ ।

थपिने मन्त्री यादवको सोमबार ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी गरेको छ ।

गत पुस २७ मा मुख्यमन्त्री गिरीसहित दुईजना विनाविभागीय मन्त्रीले शपथ ग्रहण गरेका थिए । माघ २८ मा अन्य सातजना मन्त्रीले शपथ ग्रहण गरेका थिए ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय कायम हुने गरी मन्त्रिपरिषद् विस्तार भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्