कला

काठमाडौं । 'द भ्वाइस अफ नेपाल सिजन ४' को ब्याटल राउन्डसम्म पुगेका गायक आरसी रिमालको नयाँ म्युजिक भिडिओ 'देखेँ तिमीलाई' सार्वजनिक भएको छ ।
आरसीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आरसीले नै संगीत भरेका छन् भने देवेश राइले अरेन्ज तथा मिक्सिङ गरेका छन् ।
म्युजिक भिडियोमा शितल सिलवाल र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेका भिडियोलाई उत्तर रानामगरले निर्देशन तथा सम्पादन गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्