1676420001.jpg)
काठमाडौं । अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भूमिका रहने चलचित्र ‘जेरी–२’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवकलाई ब्याग बोक्दै लौरो टेकेर हिँडिरहेको देख्न सकिन्छ ।
फागुन अन्तिम साताबाट फ्लोरमा जाने चलचित्रको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायत स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका छन् ।
हेमराज बिसीको निर्देशन रहने चलचित्रमा पूर्णिका सिजापतीको पनि मुख्य भूमिका रहनेछ ।
‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन् । आठ वर्ष अघि निर्माण भएको सुपरहिट चलचित्र ‘जेरी’को सिक्वेलको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।