site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेफ्टा अवार्डको ११ औँ संस्करण जेठ १३ गते अमेरिकामा हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । ११ औँ नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे ।

नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । आजै अवार्डको ट्रफीसमेत अनावरण गरिएको थियो ।

अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका विमल पछाइ र यूएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रबर्द्धन गर्नु आफूहरूको उद्देश्य रहेको बताए ।

"हाम्रो अन्तिम उद्देश्य भनेको भाषा, कला र संस्कृतिलाई विश्वमाझ फैलाउने नै हो," अध्यक्ष केसीले भने, "अन्तर्राष्ट्रियकरणका लागि अवार्ड महत्त्वपूर्ण कुरा हो ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro