site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्ल्सबर्ग ग्रुपलाई एक खर्ब रूपैयाँमा सेयर बिक्री गरेर सीपी खेतान बाहिरिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । खेतान समूहले नेपाल र भारतमा रहेको सेयर एक खर्ब रूपैयाँमा बेचेर बाहिरिने भएको छ । 

खेतान समूहको नेपालमा गोर्खा ब्रुअरी तथा भारतको कार्ल्सबर्ग इन्डियामा रहेको ३३.३ प्रतिशत हिस्सा सेयर बेचेर बाहिरिने भएको छ । 

इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार कार्ल्सबर्गले आफ्नो वार्षिक प्रतिवेदनमा खेतान समूहले ३३.३ प्रतिशत सेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई ७४ करोड ४० लाख अमेरिकी डलरमा बिक्री गरेर बाहिरिने उल्लेख गरेको छ । 

अमेरिकी डलरसँगको अहिलेको विनिमयदर अनुसार ९८ अर्ब २० करोड रूपैयाँ हो ।  यो सम्झौता भएमा नेपाली व्यवसायीले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक डिल हुने छ । 

कार्ल्सबर्गले खेतान समूहले गरेको प्रस्तावअनुसार खरिद प्रक्रिया अगाडि बढेको जानकारी वित्तीय विवरणमा दिएको समाचारमा उल्लेख छ । 

cp11675777202.JPG

cp21675777202.JPG

खेतान समूह र कार्ल्सबर्गबीच विवाद रहेको थियो ।  नेपालमा कार्ल्सबर्गको उत्पादन गोर्खा ब्रुअरी कम्पनीले गर्छ । 

भारतमा कार्ल्सबर्ग इन्डियाले गर्छ । नेपालको ९० प्रतिशत र भारतको शतप्रतिशत स्वामित्व सिंगापुरमा रहेको कम्पनीसँग कार्ल्सबर्ग साउथ एसियामा रहेको छ । 

जसको ६६.७ प्रतिशत सेयर स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग छ भने ३३.३ प्रतिशत स्वामित्व खेतान ग्रुपका सीपी खेतानसँग छ । 

सीपी लामो समयदेखि सिंगापुरमा बसेर व्यवसाय गर्छन् । उनी राजेन्द्र खेतानका भाइ हुन् । गोर्खा ब्रुअरीको १० प्रतिशत स्वामित्व भने नेपाली व्यवसायीसँग रहेको  छ । 

कार्ल्सबर्गले सीपी खेतानले साझेदारीको सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो ।  गोर्खा ब्रुअरी अन्तर्गत कार्ल्सबर्ग, टुबोर्ग, सानमिगल, तथा गोर्खा बियरको उत्पादन हुन्छ । 

नेपाली बजारमा बियरको ५० प्रतिशतभन्दा बढी हिस्सा गोर्खा ब्रुअरीले ओगट्ने गर्छ ।  भारतमा भने १७ प्रतिशत हिस्सा कार्ल्सबर्ग ग्रुपले ओगट्ने गर्छ । 

कार्ल्सबर्गले सन् २०२३ भित्रमा खरिदको प्रक्रिया सकिने जानकारी दिएको छ । 

खेतान ग्रुप कार्ल्सबर्गबीचको विवादमा सिंगापुरको मध्यस्तकर्ताले सेयर कार्ल्सबर्गले खरिद गर्न सक्ने र खेतान ग्रुप बाहिरिन सक्ने निर्णय सुनाएको थियो । 

जस अनुसार खेतान ग्रुपले सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro