site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडकबत्ती जडान गर्न काठमाडौं महानगर र प्राधिकरणबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न महानगर र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

महानगरपालिका, प्राधिकरण र सडक विभागकाबीच भएको सहमतिका आधारमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम महानगरले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन सडकबत्ती जडान गर्न लागिएको हो ।

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडकबत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।  

Global Ime bank

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिने बताइएको छ । सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसैगरी, विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गरिने छ । 

यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना–आफ्ना स्वामित्वमा भएका सौर्यबत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत संम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडकबत्ती प्रयोग भएवापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement