site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपथ्यलाई पाएर घर सम्झे पर्थका दर्शकले
Ghorahi CementGhorahi Cement

पर्थ । घडीको सुइले स्थानीय समयअनुसार बेलुकीको १०.३० देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरु घन्किन सुरुभए । त्यसको लगत्तै मञ्चमा चढेको नेपथ्यले उसको स्थापनाकाल सम्झ्यो ।
‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राखनू’

वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्य सन् २०१७ पछि आइतबार दोस्रोपटक प्रस्तुत हुँदै थियो । गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’ र ‘लामपाते सुरती’ जस्ता गीत सुनाउँदै गयो ।

कार्यक्रम अवधिभर ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत सुनाउने मात्र नभइ दर्शकसँग संवादको क्रमलाई पनि निरन्तरता दिए । कार्यक्रममा ‘चरि मर्यो’, ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतले निरन्तरता पाउँदै गए । त्यसपछि पालो थियो लाहुरेहरुले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’ को ।

Agni Group

त्यसपछि गाइएको ‘यो जिन्दगानी’ गीतका क्रममा भने पछाडि पर्दामा मानवसेवा आश्रमले उद्धारगरेका मानिसहरुको हृदयविदारक दृश्य देखाइएको थियो । त्यसै क्रममा अमृतले आफ्नो ब्याण्ड यो सिंगो वर्ष ‘मानवताका लागि संगीत’ नाराका साथ समर्पित हुनु पर्नाको कारण पनि उल्लेख गरे ।

कार्यक्रम अघि बढाउने क्रममा ‘कोसीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । एकपछि अर्को गीतमार्फत करुणामा डुबेका दर्शकलाई त्यसपछि भने ब्याण्डले ‘गाउँ गाउँबाट उठ’ र ‘जोगले हुन्छ भेँट’ जस्ता गीतमार्फत् उफार्न सुरुगर्यो ।

Global Ime bank

कार्यक्रमको अन्तिम चरणमा भने अमृतले हलभित्रको तापक्रमलाई थप उच्च बनाउँदै ‘मै नाचे छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ प्रस्तुत गरेका नेपथ्यले जारी गरेको प्रेस नोटमा उल्लेख छ । हलमा नाचिरहने भीडभित्रै टिकट काटेर आउने दर्शक मात्र नभइ स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे ।

“बितेको दस वर्ष पर्थमा आयोजित धेरै ठूला कन्सर्टहरु हेर्न गएको थिएँ”,’ उनले भने, “तर, आज जत्तिको ठूलो उपस्थिति र गुणस्तरीय दुवै हिसाबले भब्य कार्यक्रम यसअघि कहिल्यै भएको मलाई सम्झना छैन ।”

कार्यक्रमको अन्त्यमा नेपाली झण्डाको स्तुति गर्दै ‘रातो र चन्द्रसूर्जे’ गीत गाइएको थियो । महिनादिन लामो नेपथ्यको श्रृंखलावद्ध अष्ट्रेलिया भ्रमणको लागि यतिबेला प्राविधिक र व्यवस्थापनसमेत गरेर १३ सदस्यीय टोली आइपुगेको छ ।
पर्थको कार्यक्रम सम्पन्न भएपछि अब ब्याण्डले पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको सहर सिड्नीतर्फ पाइला चाल्नेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई प्रस्तुत गर्नेछ । यो कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ । 

सिड्नीपछि भने मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार यो श्रृंखलाकै अन्तिम प्रस्तुति दिएर ब्याण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC