site stats
प्रविधि
फाइभजी परीक्षण चरणमा

काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । 

टेलिकमको १९ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए । उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे । 

Himalayan Bank
Agni Group

जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ । यसअघि, मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा अन्य जिल्लामा पनि पु¥याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ ।

७३९ स्थानीय तहमा फोरजी

Global bank

वायरलेस ब्रोडब्यान्ड अर्थात फोरजी एलटीई सेवाको देशव्यापी बिस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका ७३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।

फोरजी नेटवर्क बिस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताए । 

डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्यान्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटीई सेवा बिस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय