site stats
देश
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
S.A.U
Agani Group
Global bank

झापा । शिवसताक्षी नगरपालिका–१, धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । 

उनकाअनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो । रासस
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्