
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का इन्टरनेसनल कम्युनिकेसन एन्ड क्लब लाइसेन्सिङ अफिसर युजल श्रेष्ठले एसियाली फुटबल महसंघ (एएफसी)मा इन्टर्नसिप गर्ने भएका छन् ।
एएफसीको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत इन्टर्नसिप लागि छानिएका श्रेष्ठले मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको मुख्यालयमा तीन महिना इन्टर्नसिप गर्नेछन् ।
श्रेष्ठ एएफसीको इन्टर्नसिपका लागि छनोट हुने पहिलो नेपाली हुन् । उनले यसअघि गत अक्टोबरमा ‘फिफा एक्सक्यिुटिभ प्रोगाममा’ स्नातक तहको अध्ययन पूरा गरेका थिए ।
श्रेष्ठको इन्टर्नसिप एएफसीका सदस्य संघका सहभागीहरूलाई आ-आफ्नो संस्थामा प्रशासनिक कार्य क्षमता सुदृढ गर्न सहयोग गर्ने महत्वाकांक्षाका साथ सुरु गरेको कार्यक्रमअन्तर्गतको हो ।

श्रेष्ठले एएफसीको एसोसिएसन डिभिजनको सदस्यका रुपमा इन्टर्नसिप गर्नेछन् ।