site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक छ : ओली
Tiktok banner adTiktok banner ad

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिले नै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे । 

अध्यक्ष ओलीले एमालेको राष्ट्रपति पदमा उमेदवार हुनु भनेको सत्तापक्ष र वर्तमान सत्ता समीकरणको उमेदवार भएको स्पष्ट पारे । 

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उनले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारीसमेत नरहेको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भइरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro