site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीका सभामुख भन्छन्– सीमा समस्या कुटनीतिक रुपमा समाधान गर्नुपर्छ 

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सीमा समस्या कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका छन् । सुस्तालगायतका सीमा क्षेत्रमा बेलाबेलामा देखिने समस्याहरु दुई देशबीच कुटनीतिक रुपमा समाधान गर्न आफूले सक्दो पहल गर्ने बताए ।

राष्ट्रिय स्वाभिमान अभियन्ताका स्वर्गीय गोपाल गुरुङको श्रद्धाञ्जलिसभालाई सुस्तामा सम्बोधन गर्दै  सभामुख घर्ती मगरले सीमा क्षेत्रका बासिन्दाहरु राष्ट्रियताप्रतिको भावनाबाट बढी ओत्प्रोत भएको आफूले पाएको बताउँदै उनले जंगे पिल्लरको रूपमा सुस्ताबासी रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्व. गुरुङ सुस्ता बचाउ अभियानका अध्यक्ष हुँदा सुस्ताका जनताको शिक्षा, स्वस्थ्यको पहुँचमा सरकारसँग पुलका रुपमा पहल गरेको बताउँदै उनले सुस्ताको विकासको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नागरिकता र लालपुर्जाको समस्या समाधानको लागि नीतिगत रुपमा पहल गर्ने बताए । सभामुख घर्ती मगरले शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।

२०७९ पुस ८ गते घरमै मस्तिष्कघात भएर बिरामी परेपछि गुरुङको उपचारकै क्रममा २०७९ माघ १० गते निधन भएको थियो । यसैबीच स्व. गुरुङको स्मृतिमा निर्माण गर्न लागिएको स्मृतिद्वारको सभामुख घर्ती मगरले शिलान्याससमेत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्