site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसँग रविको एक घण्टा वार्ता : गृहमन्त्री बनाउनुस्, सबै मिलाउँदै जाऊँला 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नागरिकता नलिएका कारण सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक घण्टा वार्ता गरेका छन् ।

बिहीबार बिहान करिब ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लै पुगेका लामिछाने झन्डै एक घण्टापछि बाहिरिएका थिए । भेटवार्ताका क्रममा उनले उप्रधानसहित गृहमन्त्री दोहोर्‍याएर आफैँलाई नियुक्त गर्न आग्रह गरेका थिए । सामाजिक सञ्जालमा आएका टिप्पणीबाट प्रभावित नहुन समेत उनले आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिएपछि अहिले आउने टिप्पणीहरू विस्तारै सेलाउँदै जाने भन्दै उनले आँट गरेर निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका बताइएको छ । आफूलाई पुरानै जिम्मेवारी दिए सबै विषय मिलाउँदै जान सकिने उनको आग्रह थियो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने प्रक्रिया टुंगिएपछि नियुक्त गर्न आफूले ढिला नगर्ने र त्यतिन्जेल धैर्य गरेर बस्न आग्रह गरेका थिए ।

“तपाईंमाथिका आरोप छानबिनपछि गृहमन्त्री तपाईं नै हुने हो,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले बाह्रखरीसित भन्यो, “तर, सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ आउन दिनोस्, राहदानीमा तपाईंमाथि उठेको प्रश्नको छानविब हुन दिनोस् ।”

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रास्वपाबाट अरू व्यक्तिलाई पनि बनाउन नमिल्ने भन्दै खाली भएका मन्त्रालयमा नयाँ नाम सिफारिस गर्न लामिछानेलाई सुझाव समेत दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro