site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसियन कप आयोजक समितिको अध्यक्षमा फिलिपिन्सका अरनेटा जुनियर नियुक्त 
Ghorahi CementGhorahi Cement

काठमाडौं । फिलिपिन्सका मारियानो अरनेटा जुनियरलाई कतारमा यसै वर्ष हुने एएफसी एसियन कपको आयोजक समितिको अध्यक्षमा नियुक्त गरिएको छ ।

एएफसी कार्यकारी समिति र फिफा काउन्सिलका सदस्यसमेत रहेका अरनेटा जुनियरलाई एएफसीको अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाको अध्यक्षतामा बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एसियन कप आयोजक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

Agni Group

आयोजक समितिले प्रतियोगितासँग सम्बन्धित विषयमा एएफसीको कार्यसमितिलाई सल्लाह र सहयोग गर्ने र आयोजक समितिका बाँकी सदस्यहरू पछि टुंगो लगाइने एएफसीले जनाएको छ ।

यस्तै, एएफसीको कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षमा म्यानमारका जाव जावलाई चुनिएको छ । 

Global Ime bank

एएफसीले महादेशिय क्लब फुटबलको परिवर्तन निरीक्षण गर्न एएफसी प्रोफेसनल फुटबल टास्क फोर्सको स्थापना गरेको छ ।

“एएफसीको नयाँ कार्यकारी समितिले आज यी दुई महत्त्वपूर्ण निर्णयहरूले सकारात्मक फुटबल यात्रालाई थप गति दिने हाम्रो मनसायलाई जोड दिएको छ,” अध्यक्ष शेख सलमानले भने ।

“हामी सुनिश्चित गर्न चाहन्छौँ कि एएफसी एसियन कप कतार–२०२३ उच्चतम सम्भावित मापदण्डहरूमा आयोजना गरिने छ र यसलाई अहिलेसम्मकै उत्कृष्टको रूपमा याद गरिनेछ । एएफसी एसियन कपको आयोजक समितिको सक्रियता हाम्रो इमानदार प्रयास र विश्वासको प्रमाण हो ।

“हामीले एसियाली क्लब फुटबललाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो महत्त्वकांक्षालाई पहिले नै संकेत गरिसकेका छौँ र गत वर्षको अन्त्यमा एएफसीको क्लब प्रतियोगिताहरूमा रणनीतिक सुधारको स्वीकृतिपछि एएफसी प्रोफेसनल फुटबल टास्क फोर्सको स्थापना समयसापेक्ष कदम हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC