site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपनिर्वाचन : एमाले र कांग्रेसका उमेदवारबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ अंकगणित 

बुटवल ।  नेकपा (एमाले)बाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उमेदवार हुन राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा यही माघ २५ गते उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनका लागि एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले मनोनयनपत्र दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दल नागरिक उन्मुक्तिले पनि मनोनयन दर्ता गराएकाले राष्ट्रियसभामा कसले पल्ला भारी पार्छ, त्यो भन्न सकिने अवस्था छैन । तर, एमाले नेताहरू उन्मुक्तिको मनोनयन ‘बार्गेनिङ’ भएको र प्रतिस्पर्धा दशौदी र आचार्यबीच नै हुने जिकिर गर्छन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३०५ मतदाता छन् । यो निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानुनी व्यवस्था छ ।

कुमार बलियो !
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतभार कांग्रेसको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना गरिन्छ । स्थानीय तहका प्रत्येक प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना गरिन्छ ।

प्रदेशमा कांग्रेसका कुल २७ सांसद छन् । उनीहरूको मतभार एक हजार २९६ हुन आउँछ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कुल ९२ जनप्रतिनिधि छन् । उनीहरूको मतभार एक हजार ६५६ हुन आउँछ । यसरी हेर्दा स्थानीय तह र प्रदेशसभातर्फ गरी कांग्रेससँग कुल दुई हजार ९५२ मतभार छ ।

एमालेसँग स्थानीय र प्रदेशसभातर्फ गरी कुल २ हजार ५९८ मतभार छ । लुम्बिनी प्रदेशसभामा एमालेका २९ सांसद छन् । उनीहरूको मतभार एक हजार ३९२ हुन आउँछ । एमालेका स्थानीय तहतर्फ प्रमुख नौ, अध्यक्ष १८, उपप्रमुख १६ र उपाध्यक्ष २४ गरी ६७ जनप्रतिनिधि छन् । उनीहरूको मतभार एक हजार २०६ हुन आउँछ ।

प्रदेशसभा र स्थानीयतहतर्फ गरी नेकपा (माओवादी केन्द्र)सँग कुल एक हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद छन् । उनीहरूको मतभार ४८० हुन आउँछ । स्थानीय तहतर्फ प्रमुख तीन, अध्यक्ष २२, उपप्रमुख चार र उपाध्यक्ष ११ गरी माओवादीका ४० जना निर्वाचित भएका छन् । उनीहरूको मतभार ७२० हुन आउँछ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कुल मतभार २४६ छ । जनता समाजवादी पार्टी (जसपा)को कुल मतभार २५२ छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कुल २१६ मतभार छ । राष्ट्रिय जनमोर्चाको मतभार १२० छ । जनता प्रगतिशील पार्टीको मतभार ३६ छ । जनमत पार्टीको १४४, नागरिक उन्मुक्ति पार्टीको १९२, स्वतन्त्र दुई सांसदको मतभार ९६ र नेकपा (एकीकृत समाजवादी)को मतभार ४८ छ ।

यसरी हेर्दा सत्तारूढ गठबन्धन (सात दल)को मतभार चार हजार ५९६ हुन आउँछ । त्यो कांग्रेसको भन्दा एक हजार २५४ बढी मतभार हो । कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिए तीन हजार ३४२ मतभार हुन्छ । अहिलेकै गठबन्धन कायम रहेको अवस्थामा एमालेका उम्मेदवारको जित निश्चितजस्तै छ ।

तर, जनता प्रगतिशील पार्टी र दुई स्वतन्त्र सांसदले कसलाई मत दिन्छन्, अझै टुंगो छैन । उनीहरूले मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएका थिए । त्यसैले जनता प्रगतिशील र स्वतन्त्र दुई सांसदसहित एकिकृत समाजवादीले पनि एमाले उमेदवारलाई मत दिनेमा सत्तारूढ दलहरू आशावादी छन् ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल उपनिर्वाचनमा गठबन्धनको साझा उमेदवार कुमार दशौदीको जित निश्चित भएको जिकिर गर्छन् । गठबन्धनसँग स्पष्ट बहुमत रहेको उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro