site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लडाकु विमान दिन किन गरे अस्वीकार ?
एजेन्सी ।

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा एफ–१६ लडाकु जेट विमान पठाउन अस्वीकार गरेका छन् । यद्यपि युक्रेनी अधिकारीहरूले तत्काल हवाई प्रतिरक्षा सहयोगका लागि फेरि आग्रह गरेका छन् ।

सोमबार एकजना पत्रकारले सोधेको 'के अमेरिकाले युक्रेनलाई विमानहरू उपलब्ध गराउँछ ?' भन्ने प्रश्नमा बाइडेनको जवाफ थियो– नाइँ ।

जर्मनीका एकजना नेताले पनि युक्रेनमा लडाकु जेट विमान नपठाइने बताएको भोलिपल्ट बाइडेनको टिप्पणी बाहिरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामो समयदेखि युक्रेनले रुससँग जारी रहेको युद्धको दौरान किभलाई आफ्नो वायुक्षेत्र माथि नियन्त्रण लिन सहयोग पुर्‍याउन अत्याधुनिक लडाकु विमान दिन आफ्नो गठबन्धन माथि दबाब दिँदै आएको छ । 

युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्की र युक्रेनका वरिष्ठ सैनिक अधिकारीहरूले सैन्य सहयोग प्रतिबन्धित नरहेको बताउने गरेका छन् । 

तर अमेरिका र त्यसका साझेदारहरू युक्रेनलाई लडाकु विमान उपलब्ध गरायँदा आणविक शक्ति सम्पन्न राष्ट्र रुससँगको सम्बन्ध थप तनावपूर्ण हुने भयमा छन् । सोभियत युगकालीन अधिकांश मिग लडाकु विमानका तुलनामा अमेरिकामा निर्मित एफ–१६ महत्त्वपूर्ण ढंगले परिमार्जित मानिन्छ ।

युक्रेनले अहिले सन् १९९१ मा सोभियत संघबाट स्वाधिनता हासिल गर्दाको समयका मिग लडाकु विमानहरू प्रयोग गरिरहेको छ । 

जेट विमानका लागि युक्रेनले गरेको अनुरोधलाई बारम्बार अस्वीकार गरिसकेका बाइडेनले अमेरिकाले विमानको सट्टा अन्य क्षेत्रमा सैनिक सहयोग गर्नेबारे ध्यान केन्द्रित गरिरहेको पनि बताएका छन् ।  

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्