देश

काठमाडौं । व्यवसायी प्रेम आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अनुसन्धान अघि बढेको बताए ।
गत माघ १० गते संसद् भवन नयाँबानेश्वर अगाडिको सडकमा आफैँमाथि पेट्रोल छर्किएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
उनले व्यवसायमा असफल भएकाले आत्मदाह गर्न बाध्य भएको भन्दै सुसाइट नोटसमेत लेखेका थिए । उनले सुसाइट नोटमा खुलाएका विषयमा छानबिन गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा ६ सदस्यीय समिति पनि गठन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्