site stats
प्रविधि
भिभोको वाई ०२ सार्वजनिक
Agani Group
Global bank

काठमाडौं । भिभोले वाई सिरिजको मोबाइलमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । कम्पनीले दुई जीबी र्याम, ३२ जीबी रोम तथा सुन्दर तथा आकर्षक डिजाइनको फोन सार्वजनिक गरेको हो ।

यो स्मार्ट फोन १२ हजार ४९९ रुपैयाँमा देशभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध हुने बताइएको छ । वाई ०२ मा दिनभरका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने पाँच हजार एमएएच ब्याट्री, पर्याप्त स्टोरेज रहेको बताइएको छ ।

वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरूमध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ, जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर छन् ।” 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय