site stats
राजनीति
रवि लामिछानेको नेपाली नागरिकता पुनः कायम 

काठमाडौं । रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनको नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए ।

S.A.U
Agani Group

अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि पुनः नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

rabi21674981129.jpg

Global bank

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।  गृह मन्त्रालयको समन्वयमा र लामिछानेले पेस गरेको कागजातको आधारमा उनको पुनः नागरिकता लिने प्रक्रिया पूरा भएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । 

अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्