site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विशेष परेडसहित भारतले मनायो गणतन्त्र दिवस 
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतले बिहीबार एक विशेष समारोहबीच सैनिक शक्ति र सांस्कृतिक विविधता झल्किने परेडसहित आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको छ । 

भारतले औपचारिक रुपमा संविधान अंगिकार गरेर आफूलाई सार्वभौम सत्ता सम्पन्न गणतन्त्र मुलुक बनाएको संस्मरणमा वार्षिक रुपमा औपचारिक कार्यक्रम मनाइँदै आएको यस दिन मुलुकभर सार्वजनिक बिदा दिइने गरिएको छ ।

Agni Group

राजधानी दिल्लीमा हुने परेडलाई विशेष महत्वका साथ टेलिभिजनमा मुलुकभर प्रत्यक्ष प्रशारण गरिने गरिएको छ । भारतले प्रत्येक वर्ष यस परेडमा एकजना प्रतिष्ठित विदेशी व्यक्तित्वलाई यस परेडको प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्दछ । यस वर्षको विशेष अतिथिको सम्मान इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल–सिसीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा भारतका राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धानकर, प्रधानमन्त्री नरेन्द्र मोदी र विशेष अतिथि सिसीको उपस्थिति रहेको बीबीसीले लेखेको थियो ।

Global Ime bank

अत्यन्तै चिसो मौसमका बाबजुद यस ऐतिहासिक परेड हेर्न हालसालै पुनर्निर्माण गरिएको कर्तव्य पथमा सयौँ मानिसको घुइँचो लागेको थियो । 

सैनिक सांगीतिक ब्यान्डसहित भारतको सेनाका रेजिमेन्टहरुले यस कार्यक्रममा मार्चपास गरेका थिए । इजिप्टको सशस्त्र फौजका १४४ जना सैनिकको एक टुकुडीले पनि यस परेडमा भाग लिएको थियो । परेडमा नर्तकहरुले परम्परागत भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC