site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि दिनेश र रमेश भिड्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् । 

रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३ औँ वरीयताका रमेश अधिकारीले १० औँ वरीयताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । यसैगरी अर्को सेमीफाइनलमा सातौँ वरीयताका दिनेश प्रजापतिले आठौँ वरीयताका धनबहादुर थापालाई २/१ ले नै माथ दिएर फाइनलको यात्रा तय गरे । सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक जित टाढा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दिनेश र रमेशले उपाधिका लागि भोलि ३६–होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेस्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन् । 

यसअघि आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा आएका छन् । जहाँ नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौ वरीयताका रवि खड्का पराजित भए । 

Global Ime bank

शुक्रलाई वरीयताको १० औँ स्थानमा रहेका भुवन कुमार रोक्काले ३/१ ले माथ दिए । अर्को क्वाटरफाइनलमा धनबहादुर थापाले भुवनलाई ३/२ ले हराउदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३/२ ले हराए । पूर्व नम्बर एक खेलाडी रवि खड्काको चुनौती १३ औँ वरीयताका रमेश अधिकारीले समाप्त पारिदिए । रमेशले पाँचौ वरीयताका रविलाई ३/२ को नतिजामा पाखा लगाए‌ ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकाले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५० हजार रहेको छ । 

विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन् । तेस्रो र चौँथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC