site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीको आत्मालोचना– नयाँको आगमनले आशा जगाउन सकेन
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ दलहरूको आगमनले नागरिकमा आशा जगाउन नसकेको बताएका छन् । आत्मदाहको निर्णय निराशा र पीडाको परिणाम भएको उनले उल्लेख गरेका छन् ।

बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्युप्रति दुःख व्यक्त गरेका हुन् । नयाँ राजनीतिक दल र नेताका रूपमा आफूहरूले आशा जगाउन नसकेको भन्दै उनले माफी समेत मागेका छन् । उनले आचार्यको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम  हो,” उनले लेखेका छन्, “दुःख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्