site stats
खेल
पारसले एसिया लायन्सबाट लिजेन्ड्स लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

लिजेन्ड्स लिग क्रिकेटको क्लब एसिया लायन्सले पारसलाई अनुबन्ध गरेको जनाएको छ । एसिया लायन्सले नेपालका पारससँगै श्रीलंकाका थिसारा परेरा र पाकिस्तान मोहम्मद हाफिज र शोएब अख्तरलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । 

NMB Bank
Dabur nepal
Agani Group

पारसको टिम एसिया लायन्सले यसअघि उपुल थरंगा, रजीन सलेह, अस्घर अफगान, दिलहरा फर्नान्डोलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

यस प्रतियोगिताको तेस्रो संस्करण कतारमा २७ फेब्रुअरीदेखि ८ मार्चसम्म हुनेछ । प्रतियोगितामा वल्र्ड जायन्ट, एसिया लायन्स, इन्डिया महाराजले प्रतिस्पर्धा गर्नेछन् । 

Global bank

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय