site stats
बाह्रखरी :: Baahrakhari
खेल
थ्री स्टारको प्रशिक्षण मेघराज केसीले सम्हाल्ने

काठमाडौं । आसन्न सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टार क्लबले मेघराज केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । थ्री स्टारले मंगलबार प्रशिक्षक केसीलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

अघिल्लो सिजन 'ए' डिभिजनको लिगमा केसीले नवप्रवेशी सातदोबाटो युथ क्लबको प्रशिक्षण सम्हालेका थिए । उक्त सिजन केसीको प्रशिक्षणमा सातदोबाटोले चौथो स्थानमा रहँदै लिग टुंग्याएको थियो । यसैगरी थ्री स्टारले उज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिग फागुन १९ गतेबाट सुरु हुँदै छ ।

थ्री स्टारले फागुन २० मा विभागीय टोली एपीएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्