site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
होनोर एक्स ७ ए स्मार्टफोन लन्च गरिँदै

काठमाडौं । होनोर एक्स ७ ए स्मार्टफोन नेपाली बजारमा लन्च गरिने भएको छ ।

होनोर एक्स ७ एसँगै सेलट्रोन नेपालले अर्को पनि मिडरेन्ज स्मार्टफोन होनोर एक्स ७ ए सोमबार (भोलि) सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

६ जीबी र्‍याम र १२८ जीबी रोमको होनोर एक्स ७ ए सोमबारबाट नेपाल बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

होनोर एक्स ७ ए मा ६००० हजार एमएएच ब्याट्री रहेको छ । होनोर एक्स ७ एको पछाडि रहेको क्वाड क्यामेरा सेटअपमा प्राइमरी क्यामेराले ५० एमपी प्रयोग गर्छ । यसलाई जोडेर पाँच एमपी अल्ट्रावाइड, दुई एमपी गहिराइ र दुई एमपी म्याक्रो क्यामेरा हुन्छ ।

यसको मूल्य २२ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्