site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

इलाम । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाखले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताए । त्यस्तै, एक करोड ५५ लाखले वालेट प्रयोग गर्ने गरेका छन् । क्यूआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ । 

इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताए । 

Global Ime bank

वार्षिक रुपमा इन्टरनेटबाट कारोबार गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताए । उनले विद्युतीय  माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उनको भनाइ थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC