site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाथरोगबारे चर्चा : निःशुल्क शिविर सञ्चालन हुँदै

काठमाडौं । बद्री–तीर्थ आरथ्राइटिस समाज तथा नेसनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा बाथरोग जागरण अभियानको अर्को शृङ्खला सुरु गरिएको छ । सो अवसरमा माघ ३ गतेदेखि एक हप्तासम्म रातोपुलस्थित सेन्टरमा बाथरोग सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिने जानकारी गराइयो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामजी भण्डारीले आफूले स्वास्थ्यका क्षेत्रमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा शैक्षिक विकासमा विशिष्ट योगदान दिने योजना आयोगका पूर्व उपाध्यक्ष तथा तत्कालीन रोनाष्टका पूर्व उपकुलपति प्रा.डा. रत्न शमशेर जबरालाई ‘तीर्थानन्द वैद्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । सम्मानकासाथ नगद राशि २५ हजार रुपैयाँ पनि प्रदान गरियो । 

कार्यक्रममा नशारोग विशेषज्ञ डा. दीपेश शाक्यले बाथरोग जटिल किसिमको रोग भएको र यो नशासँग पनि जोडिने भएकोले बाथरोगमा हेलचेक्राईं नगर्न सबैसँग आग्रह गरे । उनले केही नयाँ आयामहरूकासाथ आफूहरूले काम सुरु गरेको बताए ।

डा. सुधीर कर्माचार्यले बद्री–तीर्थ आरथ्राइटिस समाजलाई धन्यवाद दिँदै संस्थाले उपत्यकाभित्र मात्र नभई मुलुकको कुनाकाप्चामा पुगेर पुगेर बाथरोगप्रति जनचेतना फैलाउने काममा जोड दिनुपर्ने बताए ।

Global Ime bank

निःशुल्क शिविरमा सहकार्य गर्दै आएको संस्था नेसनल बाथरोग सेन्टरका अध्यक्ष डा. विनीत वैद्यले हरेक क्षेत्रका व्यक्तिहरूले बाथरोगप्रति सचेत हुनुपर्ने बताए । पछिल्लो समय आफूहरूले सूचना प्रविधिको प्रयोग गर्दै गाउँगाउँमा भ्याएसम्म बाथ रोगीहरूको पहिचान गर्दै आएको उल्लेख गरे । उनले यस किसिमका कार्यमा मिडियालगायत सबैको साथ र सहयोगको खाँचो रहेको बताए । 

सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले बाथरोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेकाले आफूहरूले जागरण अभियानसँगै निःशुल्क बाथरोग शिविर आयोजन गर्दै आएको बताए ।

विगत केही वर्षदेखि आरथ्राइटिस समाज र सेन्टरसँग सहकार्य गर्दै आएको ज्येष्ठ प्राध्यापक समाजले पनि यस अभियानमा सहयोग पुर्‍याउँदै आएको छ । कार्यक्रममा समाजका अध्यक्ष डा. विमलकुमार शर्माले महानगरको वडाले पनि सचेतनामूलक क्रियाकलापप्रति ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बद्री–तीर्थ आरथ्राइटिस समाजकी अध्यक्ष बद्रीलक्ष्मी वैद्यले संस्थाले गर्ने काममा सबैको साथ र सहयोगको अपेक्षा गरिन् । 

उक्त अवसरमा सम्मानित व्यक्तित्व प्रा.डा. रत्नशमशेर जबरा, प्रा. सिद्धिप्रसाद कोइराला, तिमिला थापा यमी, पवित्रा कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. जबराले सम्मानकासाथ प्राप्त नगद राशि जेष्ठ प्राध्यापक समाजको अक्षयकोशमा जम्माहुनेगरि समाजका अध्यक्षलाई हस्तान्तरण गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu