site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनी सरकार निर्माणमा माओवादीको बटमलाइन : अर्थ र सहरीसहित तीन मन्त्रालय नभए शपथ नलिने
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको शपथसँगै सानो आकारमा मन्त्रिमण्डल गठनको तयारीमा दलहरु जुटेका छन् । तर, माओवादीको बटम लाइनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेका छन् । यी दुई मन्त्रालयको टुङ्गो नलाग्दासम्म माओवादीले पद तथा गोपनीयताको शपथ नलिने घोषणा गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखेको छ । भोलि नै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारीमा दलहरु जुटेका छन् । एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नवनियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलका लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरिले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार हुने शपथ ग्रहणमा एमाले संसदीय दलका नेता तथा नवनियुक्त मुख्यमन्त्री लिला गिरीसहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलका नेता जोखबहादुर महरा र ईन्द्रजीत थारुलगायत अन्य दलबाट एकजनाले शपथ लिने तयारी भएको माओवादीको स्रोतले बताएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । दाबी अनुसारको पहिलो नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाए पछि केपी ओली र प्रचण्डबीच विशेष सहमति भएको छ । सहमति अनुसार पहिलो नेतृत्व अढाई वर्ष एमाले र दोस्रो नेतृत्व अढाई वर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको महराले बताए ।

Global Ime bank

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निणर्यलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । अर्थ मन्त्रालयमा जोखबहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकी  एक मन्त्रालयमा कृष्णा केसीले लिने दाबी गरेका छन् । यी दुई मन्त्रालय र अन्य एक गरी तीन मन्त्रालय टुङ्गो नलाग्दासम्म माओवादीले शपथ ग्रहण नगर्ने माओवादीको स्रोतले बतायो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC