अर्थतन्त्र कोभिडपछि पुनरुत्थानको बाटोमा गएको थियो । कोभिडको समयमा माग ठप्प थियो । एकैपटक बजार खुल्दा आयात ह्वातै बढ्यो ।
त्यो अनुसारको रेमिट्यान्स नआएको कारण बाह्य क्षेत्रमा दबाब प¥यो । जसले गर्दा विदेशी सञ्चिति घट्यो । यसले नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव भयो ।
ब्याजदर बढ्यो । बाह्य क्षेत्रको स्थिरता ल्याउनको लागि मौद्रिक नीति कसिलो बन्यो ।
जसले गर्दा ब्याजदर बढ्न मद्दत पुग्छ । अर्थतन्त्रमा समष्टिगत रुपमा माग घट्न गयो ।
अर्थतन्त्रमा अहिले माग घटाउन आवश्यक थियो । बाह्य क्षेत्रको असन्तुलनलाई स्थिरतामा लग्नको लागि माग घटाउन आवश्यक थियो । जसले गर्दा अहिले विदेशी मुद्रा सञ्चिति बढेको कारण शोधनान्तर बचतमा गएको स्थिति छ ।
अहिले अर्थतन्त्रमा मागमा कमी आएको हो । यो सुधारको प्रक्रियाको लागि भएको हो । उद्योगी व्यवसायीले भनेजस्तो अहिले आर्थिक संकट आएको छैन ।
अर्थतन्त्रमा मागमा आएको कमीले बाह्य क्षेत्रमा सुधार आएको छ ।
यसले बैंकिङ क्षेत्रमा तरलतामा सुधार आउने ब्याजदर घट्ने र अर्थतन्त्रमा माग बढ्ने छ ।
अर्थतन्त्रको बृहत् रुपबाट हेर्दा सुधार हुने क्रममा रहेको देखिन्छ । तर सुक्ष्म तरिकाले हेर्दा बजार अर्थतन्त्रमा उतारचढाव आइरहेको हुन्छ । विभिन्न खाले अनिश्चिता आएको हुन्छ ।
यसले कतिपय व्यवसाय फस्टाउने र कतिपय व्यवसाय बजारबाट हराउने हुन्छ । कोभिडको समयमा सबैजना घरमा थुनिएको बेला कुनै व्यवसाय फाइदा भएको थियो ।
कुनै व्यवसायले चिट्ठा जस्तै परेको थियो । जुन व्यवसाय कोभिडको बेला चलेका थिए । ति व्यवसाय अहिले घाटामा छ । खुला बजार अर्थतन्त्रमा कसैलाई फाइदा हुने र कसैलाई घाटा हुने हुन्छ ।
बजारमा माग र आपूर्तिको शृङ्खला चलेको हुन्छ । जसलाई एडम स्मिथले अदृष्य हातले प्रभाव पार्ने भनेर भनेका थिए । अहिले अर्थतन्त्र केही दबाब भएको कुरा हो ।
जसले व्यवसायमा माग घटेको छ । त्यसलाई सहने नै हो । यसमा विकल्प के हुन्छ । बजार अर्थतन्त्रमा सधैँ एउटै व्यवसाय चल्ने भन्ने हुँदैन । व्यवसायीले नयाँ सम्भावनाको खोजी गर्नुपर्ने हुन्छ ।
उद्यम व्यवसायमा निरन्तरता नवीनताको खाचो हुन्छ । एउटा व्यवसाय लिएर त्यो व्यवसाय सधैँ चल्ने भन्ने हुँदैन । हेर्दा हेर्दैै त्यो व्यवसायको अस्थित्व हराउने गर्छ । हाम्रो उद्योग व्यवसायमा पुरानो तरिकाले चलेका छन् ।
धेरैजसो उद्योग व्यवसाय अध्ययन गरेर चल्ने तरिका छैन ।
यसबाहेक हाम्रो व्यवसायमा कर्पोरेट कल्चरको विकास भएको छैन । व्यवस्थापकीय कमजोरीको कारणसमेत उद्योग व्यवसाय चलाउन नसक्ने स्थिति हुन्छ ।
दक्ष व्यवस्थापकको खोजीसमेत हुँदैन । धेरै व्यवसायहरु लहरमा आउने गर्छन् । लहरमा आउँदा कहिले फाइदा हुन्छन् । त्यसले गर्दा व्यवसायबाट पलायन हुने अवस्था हुन्छ ।
अहिले मौद्रिक नीति बढी डाइनामिक छ ।
जसले गर्दा सरोकारवालाको अपेक्षा निकै बढेको छ । धेरैजसो फाइनान्सिय नेटवर्क कर्जासँग सम्बन्धित भएको हुँदा मौद्रिक नीतिले मात्र गर्न सक्छ ।
वित्त नीति अन्तर्गत विकास खर्च बढाएमा बजारमा तरलता बढ्ने थियो ।
सरकारको राजस्व लक्ष्यअनुसार नभएको हुँदा खर्च गर्ने स्रोतको अभाव छ । जसले गर्दा वित्त नीतिमा समस्या छ ।
अहिले हामीले लिएको नीतिले बाह्य क्षेत्र सुधार हुँदै गएको छ ।
असोज महिनादेखि शोधनान्तर बचतमा गएको छ । यो सुधार हुँदै गएमा हामी केही समयपछि बैंकिङ क्षेत्रमा तरलतामा सुधार हुँदै गएको छ । जसले गर्दा ब्याजदर बढ्न रोकिएर घट्ने क्रममा जाने देखिन्छ । अहिले उद्योगी व्यवसायीले ब्याजदर बढेको तथा ऋण पाउन नसकेको भन्ने कुरा केही समयपछि हट्ने छ ।
सबै सरोकारवालाले सोच्नुपर्ने कुरा के छ भने हाम्रो अर्थतन्त्रको उत्पादन क्षमतामा परिवर्तन नगर्ने हो भने अर्थतन्त्रमा यस्तो उतारचढाव छिटो आउने हुन्छ ।
हामीले बढी आयात गरेका छौँ । निर्यात कमजोर छ । विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । हाम्रो यो स्रोत दरिलो छैन ।
विदेशी मुद्राको आपूर्तिमा प्रभाव पर्नासाथ बैंकिङ क्षेत्रको तरलतामा असर पर्छ ।
अब ब्याजदर घट्दै गर्दा उपलब्ध कर्जालाई उत्पादन मुलक क्षेत्रमा प्रयोग गरेर कसरी हुन्छ निर्यात प्रवर्धन नगरेमा सुधार दीगो हुन्छ । होइन भने केही समयपछि विदेशी मुद्रा घट्ने तथा तरलता अभाव हुने ब्याजदर बढ्ने स्थितिमा जाने देखिन्छ ।
त्यही चक्र चल्ने मात्र हुन्छ । अहिले व्यवसायिक नैतिकताको समेत कमजोरी देखिएको छ । व्यवसायीमा सिर्जनात्मक ढंगले सोच्ने अभाव देखिएको छ । मजदुरले दिएको काम गर्ने हो । व्यवसायीले सिर्जना गरेर नाफा गर्ने हो ।
हाम्रो उद्यम यवसायीको व्यवहार तथा सोचमा परिवर्तन आवश्यक छ । देशको अर्थतन्त्र ७० प्रतिशत भूमिका निजी क्षेत्रले निर्वाह गरेको छ भनिएको छ । यसले अर्थतन्त्र अगाडि बढ्दैन ।
पछिल्लो समय नबुझेको कारण राष्ट्र बैंकका नीतिहरुलाई गाली गर्ने मात्र काम भयो । मौद्रिक नीतिभन्दा पनि माथिल्लो नीति वित्त नीति हो । वित्त नीति कति प्रभावकारी हुन्छ । यसको परिचालक कतिको व्यवस्थित छ । त्यसले प्रभाव पार्ने
हो ।
वित्त नीतिभित्र राजस्व, खर्च र ऋण पर्छ । त्यसले सबै क्षेत्रलाई प्रभाव पारेको हुन्छ । अहिले स्थानीय तह,प्रदेश र केन्द्र सरकार गरेर ७६१ वटा वित्त नीति छन् । धेरै वित्त नीतिको कारण अलमल भएको हो भन्ने छ ।
वित्त नीतिमा धेरैको ध्यान नगएको पक्का हो । आर्थिक संकटको बेला कतिपय उद्यम व्यवसायलाई अनुदान समेत दिएर बचाउनुपर्ने हुन्छ । त्यो काम वित्त नीतिको पाटो हो । त्यसलाई मौद्रिक नीतिले दिन सक्दैन । अनुदान दिने र व्यवसायलाई जोगाउने काम काम स्थानीय तह र प्रदेश सरकारले काम गर्छन् ।
वित्तीय संघीयतामा गएपछि धेरै कमजोरी देखिएको छ । वित्त व्यवस्थापनमा केन्द्रीय सरकारले महंगो आन्तरिक ऋण उठाउने र प्रदेश र स्थानीय तहमा पठाउने काम गरेको छ । त्यो पैसा बैंकले बिना ब्याज पैसा चलाएको अवस्था छ । अहिले
ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत पुगेको छ ।
अहिले हाम्रो राजस्व घटेको छ । आर्थिक गतिविधि उत्पादन नहुँदासम्म राजस्व बढ्दैन । हाम्रोमा वित्त नीतिमा बुझाईमा कमजोरी छ । अहिले सरकारको खर्च बढेको छ । तीन तहको सरकारले खर्च बढाएको छ ।
त्यसलाई खर्च धान्न सक्ने क्षमता छ कि छैन भनेर बहस भएको छैन ।
सामाजिक सुरक्षामा प्रतिस्पर्धा गरिराखेका छौँ । कहिले मात्रा बढाउने र कहिले उमेर घटाउने । त्यसले खर्च बढाएको । यसरी वित्त नीति सन्तुलन नहुँदा त्यसको प्रभाव मौद्रिक नीतिमा समेत पर्छ । हाम्रो स्रोतले धान्न सक्ने छैन ।
सामाजिक सुरक्षा लक्षित छैन । सरकारको भूमिका के हुन्छ । लक्षित नभएको सामाजिक सुरक्षाले खर्च बढेको छ । असहायलाई बढी दिए हुन्छ । सम्पत्तिको आय छैन । ब्याजदर संरचनात्मक परिवर्तन । ब्याजदरमा फाइदा वित्त नीतिको सरकारी खर्च र राजस्वमा खाडल हुन्छ ।
सरकारले ऋण लिन्छ । सरकारले निजी क्षेत्रले पाउने पैसा सरकारले लिएर जान्छ । सरकारले आन्तरिक ऋण लिएर विकासको काम गर्छ ।
काम गर्ने आधार दिन्छ । त्यसबाट प्रतिफल हुन्छ । चालु खर्च चलाउन नै ऋण लिनुपर्ने अवस्था छ । अर्थतन्त्रको समस्या बाहिर छ ।
विश्वव्यापी रूपमा सन् २०२३ मा आर्थिक संकट आउने अनुमान छ । विश्व बैंक आइएमएफ जस्ता संस्थाले त्यसको प्रक्षेपण गरेका छन् । विश्व अर्थतन्त्रमा संकट आएपछि नेपाललाई प्रभाव पर्छ । विश्व अर्थतन्त्रमा एक प्रकारको अनिश्चिता तर्फ गएको छ ।
यसका रुस तथा युक्रेनको युद्द लगायतका अनिश्चिता अर्थतन्त्रमा बढेको छ । यसले मूल्यवृद्धि बढ्ने तथा ब्याजदर समेत बढेको छ । अहिले मूल्यवृद्धिसँगै आर्थिक मन्दी आउने तर्फ विश्व अर्थतन्त्र गएको छ ।
नेपाललाई पर्ने प्रभावमा हेर्दा हाम्रो निर्यात निकै नै कमजोर छ ।
निर्यात कमजोर भएको हुँदा त्यसमा ठूलो प्रभाव पर्दैन । विश्व अर्थतन्त्रमा संकट आएको बेला देशले बाहिर बेच्न सक्दैन ।
जसको निर्यात बढी छ ति देशहरु बढी प्रभावित हुन्छन् । हाम्रो निर्यात कमजोर भएको हुँदा यसले खासै असर गर्दैन । हाम्रो
अर्थतन्त्र आयातमा आधारित हो ।
हामीले ठूलो मात्रामा आयात गर्ने गर्छौैँ । जीडीपीको आकारको ४० प्रतिशत आयात हुन्छ । विश्व अर्थतन्त्रमा मन्दी आएको बेला पेट्रोलियम पदार्थको मूल्य घट्दा हामीलाई फाइदा हुने थियो ।
तर, रुस र युक्रेनको युद्धले सायद मन्दी आएको बेला मूल्य नघट्ने देखिएको छ । चीनले लिएको कठोर कोभिड नीतिलाई हटाएको छ । यसले त्यहा माग बढ्ने देखिन्छ ।
सामान्यता विश्व अर्थतन्त्रमा संकट आएको बेला पेट्रोलियम पदार्थको मूल्य घट्नुपर्ने हो ।
तर,अहिले कतिले मूल्य घट्छ भन्न नसक्ने स्थिति छ । घटेमा नेपालले आयात गर्दा लाग्ने ठूलो खर्चमा कमी आउने थियो ।
विश्वमा आर्थिक संकटको बेला मूल्य घट्न आवश्यक छ । हामीले गर्ने आयात घट्नसक्छ ।
अर्थतन्त्रमा धेरै कुराले भूमिका खेलेको हो । अमेरिकाको फेडरल रिजर्बले ब्याजदर बढाएको छ । जसले गर्दा नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएको छ ।
हाम्रो धेरै निर्यात नगर्ने तथा विश्व अर्थतन्त्रमा आउने संकटले ठूलो नराम्रो असर गर्दैन ।
हामी रेमिट्यान्समा आश्रित भएर चलेका छौँ । विश्व अर्थतन्त्रमा संकट आउदा श्रमको माग घट्ने गर्छ । बाहिर रोजगारी नपाउने स्थिति आउने हुन्छ कि हुनसक्छ ।
नेपालीहरु विदेशमा काम गर्न जाने भनेको खाडी तथा मलेसिया तथा दक्षिण कोरियामा हो ।
अहिले विश्व अर्थतन्त्रमा संकट आउने भएपछि जागिर बढी गुमेको क्षेत्र आइटी सम्बन्धि हो । सूचना सम्बन्धि क्षेत्र अमेजन,गुगल,फेसबुकले अहिले रोजगारी कटौती गरेका छन् ।
हाम्रा नेपालीहरू यो क्षेत्रमा निकै कमले काम गर्छन् । दक्ष भएर रोजगारी गर्ने नेपालीहरू विदेशमा कम छन् ।
सेवासँग जोडिएको जागिर प्रभावित कम हुन्छ ।
मध्यपूर्वमा बढी गएको हुँदा अहिलेको पेट्रोलियम पदार्थको मूल्य केही कमी आएपनि त्यसरी घटेको छैन । मध्यपूर्वमा समेत श्रमिकको माग घट्दैन ।
यस्तै मलेसिया संकटमा प्रभाव पर्ने देखिएको छैन । कोरिया र जापानमा आर्थिक संकटको प्रभाव परेपनि जनसंख्या घटेको हुँदा श्रमिक आपूर्ति घटेको छ । त्यहा श्रमिककको माग नघट्ने हुँदा रेमिट्यान्सको आम्दानी त्यही धेरै घट्ने देखिएको छैन ।
श्रेष्ठ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख हुन् । कुराकानीमा आधारित