site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हस्ताक्षर नपुगेपछि लुम्बिनीमा गठबन्धनले आज सरकारमा दाबी नगर्ने, माओवादी असन्तुष्ट !
Sarbottam CementSarbottam Cement

बुटवल । सांसदहरूको हस्ताक्षर नपुगेपछि लुम्बिनीमा सत्ता गठबन्धनले आज सरकारमा दाबी नगर्ने भएको छ ।  एमालेका केन्द्रीय सदस्यसमे रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालले विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा आजका लागि तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले भोलि मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए । 

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (भोलि) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् ।

Global Ime bank

सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो ।

सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति रहेको बैठकमा सहभागी एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । उनले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरिने बताए ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसंग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC