site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपाल प्रहरी जनताको सबैभन्दा निकट र बढी सम्पर्क हुने सरकारी निकाय हो । विडम्बना, जनता र प्रहरीबीच सम्बन्ध भने प्रायः कटु रहँदैआएको छ ।
 
भिड नियन्त्रणदेखि दुर्घटना पीडितको उद्धारमा पनि धेरैजसो प्रहरी नै पहिले घटनास्थलमा पुगेको हुन्छ । परन्तु, घटनापछि प्रायः प्रहरीको प्रशंसा होइन आलोचना सुनिने गर्छ ।
 
नेपाली समाज यति साह्रै बैगुनी भने होइन । जनताले प्रहरीलाई विनाआधार दोष दिएका पनि होइनन् । यद्यपि, प्रहरी पनि जनताको शत्रु त हुँदै होइन ।  
 
काठमाडौंको शङ्करपुरा नगरपालिका ( ३ लप्सीफेदीमा विद्युत् प्राधिकरणले बनाउन लागेको सबस्टेसनको विरोध गर्ने जनतालाई प्रहरी निरीक्षकले ‘पेस्तोल’ ताकेको भन्दै चर्को विरोध गरिएको थियो । सम्बन्धित प्रहरी निरीक्षकलाई सरकारले कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको छ ।
 
लप्सीफेदीमा सबस्टेसन निर्माणको स्थानीय जनताले विगत ३ वर्षदेखि विरोध गर्दै आएका छन् । उनीहरूसँग बेलैमा वार्ता गरेर माग सम्बोधन गरिएको भए त्यहाँ प्रहरी जाने र ‘पेस्तोल’ ताक्नुपर्ने अवस्था उत्पन्न हुने थिएन ।
 
जेहोस्, जनसाधारणलाई अत्यधिक बल प्रयोगको धम्की दिनु त प्रहरी आचरणविपरीत नै हो । यद्यपि, सार्वजनिक वा निजी सम्पत्तिको रक्षा गर्न र अशान्ति उत्पन्न हुन नदिन आवश्यक भए पेस्तोल देखाउनेमात्र होइन प्रयोगै गर्नुपर्ने पनि हुनसक्छ ।
 
सरकारको राजनीतिक नेतृत्व ‘लोकप्रियतावादी मानसिकता’बाट निर्देशित हुँदा वा जनताप्रति पटक्कै संवेदनशील नहुँदा प्रहरीमाथि गरिने व्यवहारमा पनि फरक हुनेगरेको छ । कतिपय अवस्थामा त अपेक्षाकृत कमजोर प्रहरीलाई ‘बलिको बोको’  बनाइने गरेका पनि उदाहरण छन् ।
 
नेपाल प्रहरीको दीक्षामै सायद कमजोरी छ किरु नत्र भिड हुनेबित्तिकै कि आत्तिएर बढी बल प्रयोग गर्ने वा तमासा हेर्ने प्रवृत्ति त नदेखिनु पर्ने हो । यसैले शान्तिपूर्ण प्रदर्शन गर्नेहरूमाथि पेस्तोल ताक्ने उद्दण्डता ती निरीक्षकले नदेखाउनु पर्ने हो १
 
जेहोस्, कारबाही प्रक्रिया थालिएको छ । कारबाहीमा आग्रह वा पूर्वाग्रह नदेखियोस् । विशेषगरी उनीमाथि भएको कारबाहीले अरू प्रहरीको मनोबल कमजोर हुने जोखिमको राम्ररी विवेचना गरिनुपर्छ । प्रहरी तालिममै उनीहरूलाई कानुनको पालना र जनअधिकारको रक्षा दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छन् भन्ने पाठ सिकाइयोस् ।
 
कारबाहीलाई त्यत्तिकै सामसुम बनाइयो भने पनि जनतामा सरकारप्रति अविश्वास र प्रहरीप्रति आक्रोश बढ्न जोखिम हुन्छ । यसैले प्रहरी मनोबल कमजोर नहुने र दण्डहीनताले प्रश्रय पनि नपाउने गरी सन्तुलित मार्ग अपनाउनु बुद्धिमानी हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC