site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीमा मुख्यमन्त्री एमालेलाई, सभामुख माओवादीले पाउँदा उपसभामुख राप्रपालाई

बुटवल । लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले)ले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले लुम्बिनीमा पूरै कार्यकाल एमालेलाई नेतृत्व दिने निर्णय गरेको हो । 

लुम्बिनीको नेतृत्व एमालेले पाएसँगै लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका गिरि यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रहेका थिए । तर, उनी मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर मन्त्रीको रूपमा देखिएका थिए ।

Dabur Nepal
NIC Asia

उनी रूपन्देही क्षेत्र नम्बर २ (१) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

लुम्बिनीको सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने भएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुखका दाबेदार रहेका छन् । उपसभामुखका लागि राप्रपाबाट मिना श्रेष्ठ वा मेनुका खाँण केसीमध्ये एक जना हुने राप्रपाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro